बुधबार, असार १०,२०८३ 09:51:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:51:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दक्षिण कोरियाको सेयरबजार अल टाईम हाईमा, अन्य कुन एशियाली बजार बढे ?

Laxmi Sunrise Bank Limited
दक्षिण कोरियाको सेयरबजार अल टाईम हाईमा, अन्य कुन एशियाली बजार बढे ?

काठमाण्डौ । दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईको उचाईमा पुगेको छ । आजको कारोबार कोस्पी इनडेक्स २ प्रतिशत भन्दा बढीले बढेसँगै हालसम्मकै उच्च कायम भएको हो ।  

आज कोस्पी इन्डेक्स २.५ प्रतिशत अर्थात ९६ अंकले बढेर ३ हजार ९४१ विन्दुमाम बन्द भएको छ ।  

यस्तै साना कम्पनीहरुको कारोबार हुने कोस्डाक इन्डेक्स पनि १.२७ प्रतिशतले बढेर ८८३ विन्दुमा बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सि–जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हु्ने भएसँगै लगानीकर्तामा उत्साह छाउँदा सेयरबजार बढ्न पुगेको हो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै दक्षिण कोरियाको अर्थमन्त्रीले आवश्यक परे विदेशी विनिमय बजारलाई स्थायित्व प्रदान गर्न तयार रहेको बताएका छन् । पछिल्लो कारोबारमा डलरको तुलनामा कोरियन वन बलियो बनेको छ । गत तीन महिनामा डलरको तुलनामा वनको मूल्य ४ प्रतिशतभन्दा बढीले बढिसकेको छ ।  

यस्तै आज जापानको सेयरबजार मापक इन्डेक्स निक्की २२५ पनि बढेको छ । निक्की२२५ इन्डेक्स आज १.३५ प्रतिशतले बढेर ४९ हजार २९९ विन्दुमा बन्द भएको छ । यस्तै टोपिक्स इनडेक्स पनि ०.४८ प्रतिशतले बढेको छ ।  

आज हङकङको हाङसेङ इन्डेक्स पनि ०.७७ प्रतिशतले बढेको छ । चीनको सीएसआई इन्डेक्स पनि १.१८ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.