सोमबार, श्रावण १८,२०८३ 03:35:29
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:35:29
Bizshala
Global IME Bank Limited

ह्यात होटल संकट : सरकारले आइतबार विशेष छलफल गरी समाधान खोज्ने

ह्यात होटल संकट : सरकारले आइतबार विशेष छलफल गरी समाधान खोज्ने
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा अवरुद्ध भएको र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाइएको समाचारप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेकी छन्।

यो विषयलाई गम्भीरतापूर्वक लिएर उनले तत्काल पहल गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहानै ह्यात रिजेन्सीका व्यवस्थापकहरूसँग विशेष भेटघाट गरी विस्तृत जानकारी लिएका छन्। उक्त छलफलमा अर्थमन्त्री खनालले होटलको सुरक्षाका लागि सरकारले हरसम्भव सहयोग गर्ने वचन दिँदै तत्काल सेवा सुचारु गर्न प्रोत्साहन गरे।

उनले उत्साहपूर्ण शैलीमा भने, "कुनै डर वा आशंका नराख्नुहोस्। पूर्ण आत्मविश्वासका साथ आफ्नो व्यवसाय अघि बढाउनुहोस्। हामी तपाईंहरूको साथमा दृढतापूर्वक उभिएका छौँ। सुरक्षा व्यवस्थाको जिम्मा हाम्रो हो, तपाईंहरू निर्धक्कसँग आफ्नो काममा केन्द्रित हुनुहोस्।" सरकारले यो मुद्दालाई थप गहन बनाउन आइतबार ह्यात व्यवस्थापनसँग विशेष बैठक राख्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

यसअघि प्रकाशित समाचार :

जेनजी आन्दोलनका कारण नेप्सेमा सूचिकृत दुई कम्पनी अनिश्चितकालका लागि बन्द

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.