काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो ।
आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ६९ प्रतिशत अर्थात् १ः६९८९ अनुपातमा कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

