काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
उक्त अवधिभित्र कुनै आवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

