काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा संस्थापक सञ्चालक कल्पना खापुङ नियुक्त भएकी छन् । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खापुङलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । साथै बैठकले यसअघिका अध्यक्ष गौरव बुढाथोकीले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाउँदै कात्तिक ९ गते राजीनामा दिएका थिए ।
यसका साथै बैठकले सञ्चालक समितिकी सञ्चालक नीलम बोहराको राजीनामा समेत पारित गर्ने निर्णय गरेको छ ।

