IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 03:00:45
IME remit
Global IME Bank Limited

श्रीनगर एग्रीटेकको आइपीओ भोलि बाँडफाँड हुने, झण्डै १७ लाखको हात खाली हुने पक्का

Hyundai Nepal
श्रीनगर एग्रीटेकको आइपीओ भोलि बाँडफाँड हुने, झण्डै १७ लाखको हात खाली हुने पक्का
Shivam Cement

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ कम्पनीकै कार्यालय नारायणचौर नक्सालमा बिहान १०ः३० मा बाँडफाँड हुनेछ ।  

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ८ गुणा बढी आवेदन हो ।  

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।  

कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । यसर्थमा १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.