काठमाण्डौ । दुई सातामा करिब ११ प्रतिशतले घटेको सुनको भाउ अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बढ्न थालेको छ ।
अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको मूल्य प्रति औंस १ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै ४००० डलरमा फर्किएको हो ।
दुई साताअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ४४०० डलरको उचाईमा पुगेको थियो । त्यसपछि घट्न थालेको सुनको भाउ अस्ती र हिजो गरी घटेर ३९०० डलरको स्तरमा पुगेको थियो । त्यसपछि पुनः बढ्न थालेको सुनको भाउ आज कारोबार सुरु भएलगत्तै १ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको हो ।
सुनको भन्दा चाँदीको मूल्यमा सुधार दर तीव्र देखिएको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रति औंस ४८.२२ डलरको उचाईमा पुगिसकेको छ ।

