काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)कपिल कुमार दाहाल नियुक्त भएका छन् । कात्तिक १२ गते दिउँसो ३ बजे सञ्चालक समितिको ५५ औं बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
दाहाल कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत कार्यरत थिए । उनलाई कात्तिक १३ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

