काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीको बिक्रीमा कमी आएको छ । कम्पनीले अक्टोबर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बिक्री घटेको जनाएको छ ।
कम्पनीले अक्टोबर महिनामा ४ लाख ४१ हजार ७०६ युनिट कार बिक्री गरेको छ । सन् २०२४ को अक्टोबर महिनामा भने कम्पनीले ५ लाख २ हजार ६७५ युनिट कार बिक्री गरेको थियो ।
बिक्रीमा कमी आएको कम्पनीको नाफा समेत प्रभावित बनेको छ । तेस्रो त्रैमासमा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको छ ।
यस्तै आम्दानी पनि ३ प्रतिशतले घटेको छ । यो गिरावट पछिल्लो ५ वर्षको अवधिमा पहिलोपटक भएको हो ।
चिनियाँ घरेलु बजारमा भएको व्यापक प्रतिष्पर्धाका कारण कम्पनीको वित्तीय अवस्था खस्किएको जनाइएको छ ।

