काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई वाणिज्य बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन्स बेंक इन्टरनेशनल र सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै बैंकलेले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन्स बैंकको सेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य २१२.१० रुपैयाँ कायम थियो ।
सिटिजन्स बैंक इन्टरनेशनलले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको सेयरमूल्य प्रतिकित्ता ३४९.५२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३६७ रुपैयाँ थियो । यस्तै सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
आजको कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै बैंकको सेयर कारोबारमा आउनेछन् ।

