काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडका अध्यक्ष रामेश्वर थापाको राजीनामा स्वीकृत भएको छ । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
यसका साथै बैठकले सञ्चालक टेकनाथ आचार्यको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । दुवै जनाको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                