सोमबार, फाल्गुन ४,२०८२ 02:19:42
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:19:42
Bizshala
Global IME Bank Limited

गुराँस लघुवित्तको नाफा ४२.५७% ले बढ्यो, ईपीएस ५०.०३ रुपैयाँ

गुराँस लघुवित्तको नाफा ४२.५७% ले बढ्यो, ईपीएस ५०.०३ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले समीक्षा अवधिसम्म १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले पहिलो त्रैमाससम्ममा ४ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले ३ करोड १४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समीक्षा अवधिसम्म संस्थाले २ करोड २ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ लाख २४ हजार रुपैयाँ रहेको छ ।  

संस्थाको रिजर्भको आकार १८.६१ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ४९ करोड ७३ लाख र कर्जा प्रवाह २ अर्ब ४ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ३.१६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.१३ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५०.०३ रुपैयाँ,प्रतिसयर नेटवर्थ १७२.१८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९२४.७८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३९.३० गुणा र तरलता अनुपात ७.७७ प्रतिशत रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.