बिहीबार, माघ १५,२०८२ 12:22:33
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 12:22:33
Bizshala
Global IME Bank Limited
Bizshala

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि परेका आवेदनहरुको लागि सर्टलिष्ट गर्ने काम अझै केही समय लाग्ने भएको छ । हाल विदेश भ्रमणमा रहेका अर्थ सचिव कृष्ण हरी पुष्कर फर्के पछि धितोपत्र बोर्डको अध्यक्षको लागि दिएको आवेदनको सर्टलिष्टको काम हुने भएको छ । 

अर्थमन्त्रालय स्थित वित्तिय महाशाखामा प्रमूख नारयण रिसालले दिएको जानकारी अनुसार हाल अर्थ सचिव विदेश भ्रमणमा छन् । ‘अर्थ सचिव हाल विदेश भ्रमणमा हुनुहुन्छ । अर्को साता उहाँ फर्के पछि मात्रै छनौट समितिको बैठक बसेर आवेदकहरुको सर्टलिष्टको काम हुने भएको छ ।’ विजशालासँग उनले भने । रिसालले यस अघि सर्टलिष्ट भै सकेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारको मन्त्रालयले खण्डन गरेको बताए ।

Bizshala
Garima Development Bank
New Office

धितोपत्र बोर्डका अध्यक्ष पदको लागि हाल १९ जनाको आवेदन परेको छ । ती आवेदकबाट अब सरकारले ५ जनाको नाम सर्टलिष्ट गर्ने छ । ती ५ जनाको नामबाट पनि ३ जनाको नाम छनौट समितिले सरकारलाई पठाउने छ । सरकारले ३ जनाबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । सरकारले अघिल्लो महिना १५ दिनको समय राखेर बोर्ड अध्यक्षको लागि आवेदन माग गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.