आईतवार, फाल्गुन ३,२०८२ 08:07:10
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:07:10
Bizshala
Global IME Bank Limited

एनसेल फेरि एनपीएलको ‘Powered by’ पार्टनर, क्रिकेटप्रतिको प्रतिबद्धता निरन्तर

एनसेल फेरि एनपीएलको ‘Powered by’ पार्टनर, क्रिकेटप्रतिको प्रतिबद्धता निरन्तर
Shivam Cement

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् दोस्रो संस्करणको तयारी तीव्र बन्दै जाँदा, एनसेलले यस वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘Powered by’ साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ। नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धता जारी राख्दै, एनसेलले यस सहकार्यले देशभित्रको क्रिकेट विकासमा टेवा पुर्‍याउने र खेल प्रेमीहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘United by Cricket, Connected by Ncell’ भन्ने थीमका साथ यो वर्ष पनि एनसेलले एनपीएलसँग सहकार्य गरेको छ। यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुने यो फ्रेन्चाइज–आधारित टी–ट्वान्टी प्रतियोगितामा देशका प्रदेशगत टोलीहरू, स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रण रहनेछ। गत वर्षझैं यसपटक पनि एनसेल एनपीएलको ‘Powered by’ पार्टनरको रूपमा रहनेछ।

एनसेलका Chief Consumer Business Officer उपङ्ग दत्त ले भने, “हालैका टी-ट्वान्टी प्रदर्शनहरूले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ। क्रिकेट अब केवल एक खेल होइन, राष्ट्रको एकताको प्रतीक बनिसकेको छ। त्यसैले ‘United by Cricket, Connected by Ncell’ भन्ने थीमका साथ यस भव्य उत्सवमा सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। फ्यानहरू घर, कार्यालय वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत एनपीएलका क्षणहरूसँग जोडिन सक्नेछन्।”

एनसेलले यस वर्ष पनि आफ्ना ग्राहकहरूका लागि Ncell App मार्फत एनपीएलका खेलहरू प्रत्यक्ष हेर्न सकिने सुविधा प्रदान गर्ने भएको छ। कम्पनीले क्रिकेटमा मात्र होइन, अन्य खेलकुदहरू(फुटबल, भलिबल, गल्फ तथा पारा) खेलाडीहरूलाई समेत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग पुर्‍याउँदै आएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का ले भने, “एनसेलले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निरन्तर साथ दिँदै आएको छ। एनपीएलको दोस्रो संस्करणमा पनि ‘Powered by’ पार्टनरको रूपमा एनसेललाई पाउनु हाम्रो लागि खुशीको कुरा हो। यस किसिमका सहकार्यले नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन ठूलो भूमिका खेल्नेछ।”

स्थानीय प्रतिभा र अन्तर्राष्ट्रिय आकर्षणको संयोजनसहितको यो प्रतियोगिता खेल प्रेमीहरूका लागि मनोरञ्जन र गौरवको उत्सव बन्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.