शनिबार, जेष्ठ २,२०८३ 03:38:50
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:38:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

Laxmi Sunrise Bank Limited
एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी
Shivam Cement

काठमाण्डौ । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै १३९ भन्दा बढी सुचारु चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ।

कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ, जसले ईभीधनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउने कम्पनीको विश्वास छ । चार्जिङ नेटवर्कले देशका प्रमुख शहरी केन्द्र, क्षेत्रीय शहरहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको छ, जसले ईभी प्रयोगकर्ताको यात्रा झन्झट मुक्त र निश्चिन्त बनाउँछ।

Bizshala
New Office
CG Motors

चार्जिङ स्टेशनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएसटु चार्जरहरू छन्। यी स्टेसनहरू पूर्व–पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्र जस्ता रणनीतिक स्थानमा राखिएका छन्, जसले २४/७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन्। सुविधालाई ध्यानमा राखेर प्रत्येक स्टेशनलाई केन्द्रीय नियन्त्रण प्रणालीसँग जोडिएको छ, जसले वास्तविक समयमा निगरानी र ग्राहक सहायता उपलब्ध गराउँछ।

ग्राहकहरूले MAW Speed Chargers एप प्रयोग गरेर नजिकको चार्जिङस्टेशन सजिलै पत्ता लगाउन सक्छन्।

Garima Development Bank
Shivam Cement
IME remit

यस प्रगतिका बारेमा कुरा गर्दै एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदी भन्छन्, ‘हामी देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरूमार्फत्नेपालको ईभी विकासमा योगदान दिन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.