सोमबार, फाल्गुन ४,२०८२ 04:07:13
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:07:13
Bizshala
Global IME Bank Limited

सेबोनका अजय ढुंगानाको खण्डनपत्र–‘मलाई मुख्यसचिव वा कुनै सरकारी निकायबाट आन्दोलन लम्ब्याउन निर्देशन प्राप्त भएको छैन’

सेबोनका अजय ढुंगानाको खण्डनपत्र–‘मलाई मुख्यसचिव वा कुनै सरकारी निकायबाट आन्दोलन लम्ब्याउन निर्देशन प्राप्त भएको छैन’
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड, कर्मचारी युनियनका अध्यक्ष तथा सहायक निर्देशक अजय ढुंगानाले आफूले मुख्यसचिव वा कुनै सरकारी निकायबाट आन्दोलनलाई थप लम्ब्याउने भनेर कुनै पनि निर्देशन प्राप्त नगरेको दाबी गरेका छन् ।  

बिजशालामा प्रकाशित सेबोन कर्मचारीका नेतालाई मुख्यसचिवको सन्देशः केही दिन आन्दोलन नरोक्नू, अध्यक्षलाई कारबाहीको ग्राउण्ड तयार गर्दैछौं भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले बिजशालालाई आइतबार राति एउटा खण्डन पठाउँदै त्यस्तो दाबी गरेका हुन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आफू आन्दोलनले उचित निकासका साथ अविलम्ब समस्या समाधान गर्नुपर्छ भनेर निरन्तर प्रयासमा रहेको समेत उनले दाबी पेश गरेका छन् ।  

समाचारमा उल्लेख भएजस्तो मुख्यसचिवसँग आफ्नो कुनै पनि प्रकारले सम्पर्क स्थापित नभएको जिकिर समेत ढुंगानाको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समाचारले आफ्नो, आफूले अध्यक्षता गरेको कर्मचारी युनियन र धितोपत्र बोर्ड सबैको प्रतिष्ठामा हानी पुगेको समेत उनको दाबी छ ।  

(समाचारमा चित्त नबुझे असहमति राख्न पाउने प्रत्येक नेपाली नागरिकको संविधानप्रदत हकको कदर गर्दै अजय ढुंगानाले पठाएको खण्डनपत्र हामीले प्रकाशित गरेका हौं । हामी हाम्रो समाचार स्रोतप्रति विश्वस्त छौं ।)

-सम्पादक

यसअघि प्रकाशित सम्बन्धित समाचार :

सेबोन कर्मचारीका नेतालाई मुख्यसचिवको सन्देश-'केही दिन आन्दोलन नरोक्नू, अध्यक्षलाई कारबाहीको ग्राउण्ड तयार गर्दैछौं'

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.