मंगलवार, फाल्गुन १२,२०८२ 02:26:06
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 02:26:06
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?

महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो । । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९० प्रतिशतले बढ्दै ११ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ७८ लाख १६ हजार रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५३ लाख पुगेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ९२ लाख र सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४८.७९ प्रतिशतले बढ्दै १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १७.२५ प्रतिशत रहेको लाभांश क्षमता बढेर ३७.४१ प्रतिशत पुगेको छ । चुक्तापूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ २९ करोड ८९ लाखबाट बढेर ३१ करोड ८८ लाख र रिटेन्ड अर्निङको आकार पनि १२ करोड ४१ लाखबाट बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।  

पहिलो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ५६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपात ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ७४ लाख ८६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ९९ लाख रुपैयाँ छुट्टाएको थियो ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६२४.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.१७ गुणा र तरलता अनुपात १३.३३ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.