काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड बढी नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने संस्थाले ३ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
संस्थाले सो अवधिसम्म १७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले १२ करोड ७९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १३ करोड ९७ लाखबाट बढेर १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ३७ लाख रुपैयाँ छुट्टाएको छ । खराब कर्जा अनुपात ५.४३ प्रतिशतबाट बढेर ७.३७ प्रतिशत पुगेको छ । यद्यपी संस्थाले कस्ट अफ फण्ड भने ८.७३ प्रतिशतबाट घटाएर ७.४४ प्रतिशतमा झारेको छ ।
पहिलो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङमा २२ करोड २६ लाख र रिजर्भमा २९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ भने वितरणयोग्य मुनाफा २२ क्रोड २६ लाख रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४३.०७ रुपैयाँ र तरलता अनुपात १८.६३ प्रतिशत कायम भएको छ ।

