मंगलवार, फाल्गुन ५,२०८२ 03:38:33
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:38:33
Bizshala
Global IME Bank Limited

स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड बढी नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने संस्थाले ३ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाले सो अवधिसम्म १७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले १२ करोड ७९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १३ करोड ९७ लाखबाट बढेर १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ३७ लाख रुपैयाँ छुट्टाएको छ । खराब कर्जा अनुपात ५.४३ प्रतिशतबाट बढेर ७.३७ प्रतिशत पुगेको छ । यद्यपी संस्थाले कस्ट अफ फण्ड भने ८.७३ प्रतिशतबाट घटाएर ७.४४ प्रतिशतमा झारेको छ ।  

पहिलो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङमा २२ करोड २६ लाख र रिजर्भमा २९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ भने वितरणयोग्य मुनाफा २२ क्रोड २६ लाख रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४३.०७ रुपैयाँ र तरलता अनुपात १८.६३ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.