आईतवार, फाल्गुन ३,२०८२ 08:37:37
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:37:37
Bizshala
Global IME Bank Limited

जेन–जी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ३.६८ अर्ब दाबी भुक्तानी

जेन–जी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ३.६८ अर्ब दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।  

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिव रू. १९ अर्ब ४ करोड ९ लाखमध्ये करिव रू. २ अर्ब ९२ करोड ८६ लाख र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४७ करोड ७ लाखमध्ये करिव रू. ६८ करोड ६१ लाख भुक्तानी भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव रू. ५४ करोड ७५ लाख दाबी रकममध्ये करिव रू. ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव रू. १ करोड ६८ लाख दाबी रकममध्ये करिव रू. ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिव रू. ३९ करोड ३० लाख दाबी रकममध्ये करिव रू. २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव रू. २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.