काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ३ करोड ४५ लाख रुपैयाँ घाटामा थियो ।
खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानी बढेसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो । संस्थाले १७ करोड ३९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७९.३५ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा १३ लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ६५ लाख रुपैयाँले धनात्मक बनेको छ । पहिलो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङ १ करोड ४ लाख र रिजर्भको आकार ५१ करोड ५ लाख रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ४ लाख र लाभांश क्षमता ५.५९ प्रतिशत रहेको छ ।
यो अवधिमा संस्थाको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ९.५७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १३.६० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१७.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६६.२१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५१७.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.६४ गुणा र तरलता अनुपात ७.४६ प्रतिशत कायम भएको छ ।

