मंगलवार, फाल्गुन ५,२०८२ 01:59:07
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:59:07
Bizshala
Global IME Bank Limited

बिक्री आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ५४.६१% को संकुचन

बिक्री आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ५४.६१% को संकुचन
Shivam Cement

काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.६१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद बिक्री आम्दानी पनि २७.६३ प्रतिशतले घटेको छ । कम्पनीले १ अर्ब ७ करोड करोड रुपैयाँबराबरको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ४८ करोड रुपैयाँ कमाएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको कर्मचारी सुविधा खर्च ६ करोड ८ लाखबाट बढेर ८ करोड ९ लाख, प्रशासनिक तथा अन्य खर्च २ करोड १८ लाखबाट बढेर ३ करोड २३ लाख , बिक्री तथा वितरण खर्च ७ करोड ४ लाखबाट बढेर १२ करोड १९ लाख र वित्त खर्च ३ लाख २६ हजारबाट बढेर ५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवमा २६ करोड ४६ लाख रहेको कम्पनीको सञ्चालन मुनाफा १२ करोड ५७ लाखमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भको आकार १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७५ करोड र कुल चालु दायित्व ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १३८.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १११.५२ गुणा र तरलता अनुपात ५.८३ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.