मंगलवार, फाल्गुन ५,२०८२ 02:00:23
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:00:23
Bizshala
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरद्वारा १.९२ करोड नाफा आर्जन

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरद्वारा १.९२ करोड नाफा आर्जन
Shivam Cement

काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा छ्‌याङदी हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्ृकत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनी ८७ हजार ९५७ रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २९.३८ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ५७ करोड ७० लाख आर्जन गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको प्रशासनिक खर्च २५ लाख ६८ हजार रुपैयाँबाट बढेर ६६ लाख ६४ रुपैयाँ पुगेको छ । यस्तै ह्रासकट्टी खर्च १ करोड २० लाखबाट बढेर १ करोड २६ लाख पुगेको छ । अघिल्लो आवमा २ करोड २७ लाख रहेको वित्त खर्च भने घटेर १ करोड ६ लाखमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ७७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ९ करोड ७९ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ६ करोड १७ लाख रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ८५.१६ रुपैयाँ र तरलता अनुपात १.५९ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.