काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । गत शुक्रबार हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।