शुक्रबार, भाद्र ५,२०८३ 09:14:43
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 09:14:43
Bizshala
Global IME Bank Limited

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन
New Office

काठमाण्डौ । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता  डेल्टा अटोकर्र्प प्रालिले बालाजु, भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।  

नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको  हो, जसले ग्राहकहरूलाई बिक्रीपछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।

Bizshala
CG Motors

सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजयकुमार महतोद्वारा सम्पन्न भएको हो । यसले काठमाण्डौ उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूसम्म सेवाको पहुँचर सहजता विस्तार गर्ने कम्पनीको निरन्तर लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धि प्रदान गरेको कम्पनीको भनाई छ । आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित यस नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पाट्र्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

‘बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्दैछौँ,’ डेल्टा अटोकोर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजयकुमार महतोले भने,‘यस विस्तारले भेस्पातथाअप्रिलियाप्रतिहामीले व्यक्तगर्दै आएको प्रतिबद्धतालाई सार्थकता प्रदान गर्नुका साथै, हाम्रो सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा र भरपर्दो समर्थन उपलब्ध गराउने हाम्रो प्रयासलाई थप मजबुत बनाएको छ ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.