काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत पुस २५ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांश पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
उक्त मितिपश्चात अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।