मन्जुश्री फाइनान्सले कमायो रु.३७.४८ करोड नाफा, लाभांश क्षमता ३१%
काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनीले साढे ३७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ३७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धिमा टेवा...

