काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच फाइनान्सका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले स्टार क्याफे एण्ड ब्यान्कुएटमा विभिन्न सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौताअन्तर्गत ग्राहकले क्याफेमा उपलब्ध सबै परिकार तथा पेय पदार्थमा ८ प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, क्याबिन बुकिङमा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।
ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्नुका साथै थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहकार्य गरिएको मञ्जुश्री फाइनान्सले जनाएको छ।
छुट प्राप्त गर्न ग्राहकले बिल भुक्तानीका क्रममा मञ्जुश्री फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गर्नुपर्नेछ। त्यसपछि तोकिएको छुट ग्राहकले सहज रूपमा लिन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।