काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी नयाँ बानेश्वरमा रहेको कम्पनीको कन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।
यसरी आवेदन पेश गर्दा आफूले लिन चाहेको सेयर कित्ताको व्यहोरा खुलाउनु पर्ने कम्पनीले जनाएको छ ।
तोकिएको उक्त मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै निवेदन नआएमा प्रचलिन नियमानुसार अन्य व्यक्तिलाई त्रिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढा्रइने कम्पनीले उल्लेख गरेको छ ।