Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 05:58:50
Bizshala
Global IME Bank Limited

थापाथलीस्थित आफ्नै भवनमा मन्जुश्री फाईनान्सको शाखा सञ्चालन

थापाथलीस्थित आफ्नै भवनमा मन्जुश्री फाईनान्सको शाखा सञ्चालन
New Office

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो २८ औं शाखा थापाथलीस्थित आफ्नै भवनमा सुचारु गरेको छ । आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याए पछि, फाईनान्सले माघको ८ गते बिहीबारको दिनबाट थापाथलीस्थितको भवनमा आफ्नो थापाथली शाखालाई सञ्चालनमा ल्याएको छ ।

हालसम्म २७ वटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरुको माझ अझै नजिक हुन आफ्नो २८ औं शाखाको सेवा सुरुवात गरेको हो ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

पुस मसान्तसम्ममा फाईनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २०.०३  रुपैयाँ रहेको छ।

पुस मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाईनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिंगमा अग्रसर रही हालै आफ्ना ग्राहकहरुका लागि फोनेपेसँगको सहकार्यमा मन्जुश्री फ़ोनेपे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरुवात गरेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.