बुधबार, भाद्र २५,२०८२ 05:19:52
  • बुधबार, भाद्र २५,२०८२ 05:19:52
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकमा सातै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकमा सातै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम

काठमाण्डौ । प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर भन्ने मूल नाराका साथ गत चैत्र ५ देखि ११ सम्म सञ्चालन भएको 'ग्लोबल मनि विक २०२४' मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ ।  

यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको  विद्यापति चोक, वीरगञ्ज, कृष्ण प्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।  

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.