शनिबार, फाल्गुन ९,२०८२ 09:03:35
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 09:03:35
Bizshala
Global IME Bank Limited

दिपल एस ०७ आईसिएमा‘ बाईब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

दिपल एस ०७ आईसिएमा‘ बाईब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च
Shivam Cement

काठमाण्डौ । लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ । यो स्किमले दिपल एस०७ प्रतिग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व  अनुभवलाई अझ सहज बनाउने एमएडब्लु वृद्धिको बलियो प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ ।

बाईब्याक ग्यारेन्टी कार्यक्रम अन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि  पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउने छन् । यो स्किमले इभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्ने विश्वास लिइएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पाँचवर्षसम्म शुन्य खर्च

बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँचवर्ष सम्म शुन्य खर्च लाग्ने बृहत कार्यक्रमको पनि उपभोग गर्न सक्ने छन् । यस अन्तर्गत ग्राहकले पाँचवर्ष सम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमा लाग्ने खर्च र‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन । आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किम मार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध इभी‘एक्सपिरियन्स’गर्न पाउनेछन् ।

‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दिपल एस०७ आईसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलइभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लक्जरी र प्रविधिको नयाँमा पदण्ड

एस०७ आईसिएमा दिपल एपमा ग्राहकलाई कार सँग विना रोकटोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई नियन्त्रण गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्दगर्न, एसी कन्ट्राल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।साथै यसमा ४जी ५ जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।

दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्ड सेटिंग डिजाइन र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्छ । यसको ‘टाइमलेस डिजाइन’र १० भन्दा बढी अझै पनिअन्य इभीमा नभएका ‘इन्डस्ट्री फस्र्ट’फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.