काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।
लिलामी सेयरमा इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्ने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलको कार्यालय तथा ग्लोब आईएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा बुझाउन सकिनेछ ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति मंसिर २५ गते रहेको छ ।

