काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । संस्थामा संस्थापक सेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएको हो ।
नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।

