काठमाण्डौ । देशमा गत असोज १८ गते आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम ३ अर्ब २१ करोड ५० लाखमध्ये ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको ४७ करोड ६६ लाखमध्ये १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको ४ करोड १४ लाखमध्ये १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको २ करोड ८२ लाखमध्ये ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।

