बुधबार, आश्विन २८,२०८३ 01:08:53
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 01:08:53
Bizshala
Global IME Bank Limited

विश्वभरका डिजिटल मुद्रालाई जोड्न केन्द्रीय बैंकहरुका लागि नयाँ प्लेटफर्म लञ्च गर्ने योजनामा स्विफ्ट

Bizshala
विश्वभरका डिजिटल मुद्रालाई जोड्न केन्द्रीय बैंकहरुका लागि नयाँ प्लेटफर्म लञ्च गर्ने योजनामा स्विफ्ट
New Office

काठमाण्डौ । विश्वव्यापी बैंक म्यासेन्जिङ नेटवर्क ‘स्विफ्ट’ले विश्वभरका केन्द्रीय बैंकहरुको डिजिटल करेन्सीलाई जोड्नका लागि नयाँ प्लेटफर्म लञ्च गर्ने तयारी गरेको छ । स्विफ्टले विकास भईरहेको यो प्लेटफर्मलाई आगामी एक दुई वर्षभित्रमा वर्तमानको वित्त प्रणालीमा जोड्ने योजना बनाएको हो ।  

स्विफ्टको यो कदम विश्वको बैंकिङ प्रणालीमा एउटा महत्वपूर्ण कदम हुने बताइएको छ ।  

अहिले विश्वभरका ९० प्रतिशत केन्द्रीय बैंकहरु आफनो मुद्राको डिजिटल भर्जन ल्याउन लागि परेका छन् । अधिकांश केन्द्रीय बैंकहरु बिट्क्वाइन र अन्य क्रिप्टोकरेन्सीसँग पछि पर्न चाहेका छैनन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

स्विफ्टको इनोभेसनका प्रमुख निक केरिगानले विश्वभरका ३८ वटा केन्द्रीय बैंक र वाणिज्य बैंकहरुको समूहमा ६ महिना नयाँ प्लटेफर्मको परीक्षण गरिएको बताएका छन् । जुन अहिले सम्मकै सबैभन्दा ठूलो‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’(सीबीडीसी)परीक्षण भएको उनले बताएका छन् । यो परीक्षण विभिन्न फरक प्रविधि र प्रोटोकलमा आधारित भएर निर्माण भएपनि विश्वभरका विभिन्न देशका सीबीडीएसहरु एक साथमा प्रयोग गर्न सकिने विषयमा केन्द्रित रहेको उनले बताए । निकका अनुसार यसले भुक्तानी प्रणालीको विखंडन जोखिमलाई न्यूनिकरण गर्नेछ ।  

यसका साथै यो प्लेटफर्म उच्च जटिल व्यापार र विदेशी मुद्रा भुक्तानीमा समेत प्रयोग गर्न सकिने र यसबाट प्रक्रिया चाडो हुनुका साथै प्रक्रियाको खर्च समेत कम हुने निकले बताए ।  

बहमास,नाइजेरिया र जमैकामा सीबीडीसी प्रयोगमा रहेको छ । चीनले पनि ई–युआनको परीक्षणा गरिसकेको छ । युरोपको केन्द्रीय बैंकले समेत डिजिटल युरो ल्याउने तयारी गरेको छ ।  

यस्तै विश्वभरका केन्द्रीय बैंकहरुको छाता संगठन ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ले पनि अन्तर देशिय परीक्षणहरु गरिरहेको छ ।  

स्विफ्टको वर्तमान नेटवर्क २०० भन्दा देशहरुमा रहेको र यसले ११ हजार ५ सय बैंकहरुलाई जोडेर दैनिक रुपमा खर्बौ डलरको सेटलमेन्ट गर्ने भएकाले स्विफ्टलाई यो प्लेटफर्म प्रयोग हुन सजिलो हुने जनाइएको छ ।  -एजेन्सी

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X