शनिबार, बैशाख ५,२०८३ 10:16:04
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:16:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेजनले आगामी पाँच वर्षमा भारतमा ३५ अर्ब डलर लगानी गर्ने

Bizshala
अमेजनले आगामी पाँच वर्षमा भारतमा ३५ अर्ब डलर लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । विश्वको अग्रणी ई–कमर्स कम्पनी अमेजनले आगामी ५ वर्षमा भारतमा ३५ अर्ब डलर लगानी गर्ने बताएको छ । बुधबार आयोजित एक कार्यक्रममा कम्पनीका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट) अमित अग्रवालले ३५ अर्ब डलरभन्दा बढीको लगानीबाट कम्पनीले सञ्चालन विस्तार र आर्टिफिसियल इन्टेलिजेन्स क्षमतालाई बलियो बनाउने योजनामा ​​रहेको बताएको छ ।

यस वर्ष ठूला अमेरिकी प्रविधि कम्पनीहरूले भारतमा अर्बौं डलर लगानी गर्ने घोषणा गरेका छन् । एक दिनअघि माइक्रोसफ्टले सन् २०३० सम्ममा एआई र क्लाउड पूर्वाधारमा १७.५ बिलियन डलर लगानी गर्ने वाचा गरेको थियो, जुन एशियामा सबैभन्दा ठूलो लगानी हुनेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गुगलले आगामी पाँच वर्षभित्र एआई डेटा सेन्टर निर्माण गर्न १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । अमेजनले एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन आफ्नो लगानी रहेको बताएको छ ।

अमेजनले विगत १० वर्षमा भारतीय बिक्रेताका लागि २० अर्ब डलरभन्दा बढीको निर्यात कमाउन मद्दत गरेको बताएको छ। यसलाई सन् २०३० सम्ममा ८० अर्ब डलर पुरेयाउने योजना छ । कम्पनीले सन् २०३० सम्ममा १० लाख थप रोजगारीका अवसरहरू सृजना गर्ने लक्ष्य पनि राखेको छ ।

CG Motors
Garima Development Bank
IME remit

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी इ–कमर्स कम्पनीले सन् २०१० देखि भारतमा ४० अर्ब डलर लगानी गरेको छ। सन् २०२३ मा देशमा आफ्नो उपस्थिति बढाउन २६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.