आईतवार, फाल्गुन ३,२०८२ 06:25:49
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:25:49
Bizshala
Global IME Bank Limited

बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म १.८८ करोड दाबी भुक्तानी

बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म १.८८ करोड दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । देशमा गत असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिका लागि हालसम्म १ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७८१ वटा प्रारम्भिक बीमा दाबीको ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ६७ वटा दाबीको कुल दाबी रकम १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कुल २० वटा बीमा दाबीको करिव ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव ५० करोड ३७ लाखमध्ये कुल ६ वटा दाबीको करिव २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाखमध्ये कुल ३१ दाबीको १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव रू. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव रू. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.