बिहीबार, बैशाख ११,२०८२ 06:45:29
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 06:45:29
IME remit
Global IME Bank Limited

मुकेश अम्बानीका यी ३ नयाँ लक्जरी कारहरु, जसको मूल्य र फिचर्स थाहा पाएर छुट्छ पसिना

Hyundai Nepal
मुकेश अम्बानीका यी ३ नयाँ लक्जरी कारहरु, जसको मूल्य र फिचर्स थाहा पाएर छुट्छ पसिना
Nabil Bank Limited

काठमाण्डौ । एशियाका सर्वाधिक धनाढ्य मुकेश अम्बानीको परिवार लक्जरी कारहरुको कलेक्सनका लागि परिचित छ । मुकेश अम्बानीका दम्पत्ति र उनका छोराबुहारी र हुनेवाला बुहारी राधिका मर्चेन्ट मुम्बईदेखि लिएर जामनगरसम्म विभिन्न लक्जरी कारमा ओहोर–दोहोर गर्छन ।  

यस्तोमा गत महिना सम्पन्न अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेईडिङ समारोहमा अम्बानी परिवारले ३ वटा लक्जरी कार खरिद गरेको थियो । यी कारहरुमध्ये एउटामा भारतीय अभिनेता शाहरुख खान देखिएका थिए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अम्बानी परिवारको ग्यारेजमा हालै एउटा नयाँलक्जरी सुपरकार थपिएको छ । जसको नाम फेरारी पुरोसांग्वे हो । फेरारीको यो एसयुभीको मूल्य १० करोड भारुभन्दा बढी छ । फेरारी पुरोसांग्वेमा ६.५ लिटरको नेचुरल्ली एस्पिरेटेड भी१२ इन्जिन छ । जसले ७१५ बीएचपीको अधिकतम पावर र ७१६ न्यूटन मीटरको पिक टार्क जेनेरेट गर्छ । ८–स्पिट डुअल क्लच ट्रान्समिशनबाट सु–सज्जित यो लक्जरी एसयुभीलाई केवल ३.३ सेकेण्डमा शुन्यदेखि १०० केएमपीएचको गतिमा चलाउन सकिन्छ । यसको उच्च गति ३१० केएमपीएच रहेको छ ।  

मुकेश अम्बानीको परिवारमा भएको अर्को कार हो बेन्टले बेन्टाग्गा । बेन्टलेले सन् २०२२ मा नयाँ बेन्टाग्गा कार लञ्च गरेको थियो । यसको मूल्य ७ करोड भारु भन्दा धेरै छ । अम्बानी परिवारले हालै मात्रै यो कार खरिद गरेको हो । यो कारमा सलमान खान पनि देखिएका थिए ।  

यो कारमा ४ लिटरको भी८ ट्विन टर्बो इन्जिन दिइएको छ । जसले ५४२ एचपीको अधिकतम पावर र ७७० न्यूटन मीटरको पिक टार्क जेनेरेट गर्छ । ८–स्पीड अटोमेटिक ट्रान्समिशनबाट सु–सज्जित यो कार केवल ४.५ सेकेण्डमा शुन्य देखि १०० किलोमिटर प्रति घण्टासम्मको गति लिन सक्छ ।  

यस्तै अम्बानी परिवारसँग भएको अर्को कार हो,ल्याण्ड रोभर रेञ्ज रोभर अटोबायोग्राफि । अम्बानी परिवारले हालै मात्रै यो कार खरिद गरेको हो । जसको मूल्य ५ करोड भारुभन्दा बढी पर्छ । यो कारमा विशेष गरेर मुकेश अम्बानीका छोरा आकाश अम्बानी देखिने गर्छन । यो कारमा ४.४ लिटरको पावरफुल इन्जिन रहेको छ । जसले ५२३ एचपीको अधिकतम पावर र ७५० न्यूटन मीटरको पिक टार्क जेनेरेट गर्छ । अफ–रोड क्षमताका सु–सज्जित यो कारले केवल ४.६ सेकेण्डमा शुन्यदेखि १०० किलोमिटर प्रति घण्टासम्मको गति लिन सक्छ । -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.