बुधबार, फाल्गुन ६,२०८२ 08:05:26
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 08:05:26
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको सेयरमूल्य प्रतिकित्ता २१३.६४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता २३५ रुपैयाँ कायम थियो । लक्ष्मी सनराइज बैंकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । बैंकले लाभांश पारित गर्न आगामी पुस १४ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै कालिञ्चोक दर्शनले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ८६०.९५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९०४ रुपैयाँ कायम थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कालिञ्चोक दर्शनले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १५ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ ।

आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.