मंगलवार, कार्तिक ३,२०८३ 04:38:54
  • मंगलवार, कार्तिक ३,२०८३ 04:38:54
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

Bizshala
नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको सेयरमूल्य प्रतिकित्ता २१३.६४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता २३५ रुपैयाँ कायम थियो । लक्ष्मी सनराइज बैंकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । बैंकले लाभांश पारित गर्न आगामी पुस १४ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै कालिञ्चोक दर्शनले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ८६०.९५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९०४ रुपैयाँ कायम थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कालिञ्चोक दर्शनले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १५ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ ।

आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.