काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि २५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर पुस ६ गते बाँडफाँड भएको हो ।
कुल सेयर संख्यामा संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता रहेको थियो । जसअन्तर्गत संस्थापक समूहको २ लाख ९६ हजार ५६५ कित्ता संस्थापक समूहतर्फको र १८ हजार ४४४ कित्ता सर्वसाधारण समूहतर्फको सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
संस्थापक समूहको कटअफ मूल्य १०० रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य ८४५ रुपैयाँ रहेको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी पुस ७ गतेदेखि सुरु भएको क्यापिटलले जनाएको छ ।

