बिहीबार, असार ११,२०८३ 12:22:40
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:22:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चाँदी आयातमा विदेशी मुद्रा सटहीको सीमा परिवर्तन, मासिक कोटा लागू

Laxmi Sunrise Bank Limited
चाँदी आयातमा विदेशी मुद्रा सटहीको सीमा परिवर्तन, मासिक कोटा लागू

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै उद्योग तथा व्यवसायीलाई प्रदान गरिने सटही सीमामा परिवर्तन गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब उद्योगले चाँदी आयातका लागि मासिक रूपमा अधिकतम २० लाख अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा लिन सक्नेछन्। त्यसैगरी, अन्य व्यवसायीले महिनामा ४ लाख अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न पाउनेछन्।

New Office
CG Motors
Garima Development Bank

यसअघि भने उद्योगलाई एकपटकमा ५ लाख अमेरिकी डलर र अन्य व्यवसायीलाई एकपटकमा १ लाख अमेरिकी डलर बराबरको सटही सुविधा दिइँदै आएको थियो। संशोधनपछि एकपटकको सीमा हटाइएर मासिक कोटा प्रणाली लागू गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले चाँदी आयात प्रक्रियालाई व्यवस्थित बनाउने र विदेशी मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.