काठमाण्डौ । हिमालयन डिष्टीलरीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत)गरी कुल २५ प्रतिशत लाभांश प्रदान गरेको थियो ।
सोही लाभांशमध्येको २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

