बुधबार, फाल्गुन ६,२०८२ 05:24:09
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:24:09
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुने

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुने
Shivam Cement

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुन लागेको हो ।

उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे हुनेछ । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा ३२.९८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा झण्डै ३३ गुणा बढी हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको आइपीओ ५० कित्ताका दरले बाँडफाँड गर्दा जम्मा साढे १८ हजार आवेदकले मात्रै सेयर पाउनेछन् । यसर्थमा आवेदन दिएका कुल आवेदकमध्ये ५ लाख ६५ हजार भन्दा बढीको हात खाली हुनेछ ।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले प्रतिसेयर ८२०।८० रुपैयाँका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता निष्कासन गरेको थियो ।

कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आईपीओ जारी गरेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.