Bizshala
  • शुक्रबार, पुष १८,२०८२ 06:23:56
Bizshala
Global IME Bank Limited

पोलिसी सरेण्डरदर घटाउँदै बीमा कम्पनी, नविकरण नभएको बीमालेख रकम भने झण्डै ३७ अर्ब रुपैयाँ

Hyundai Nepal
पोलिसी सरेण्डरदर घटाउँदै बीमा कम्पनी, नविकरण नभएको बीमालेख रकम भने झण्डै ३७ अर्ब रुपैयाँ
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ५ महिनासम्ममा ३७ हजार १४७ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।  

यो सरेण्डरदर गत आवको सोही अवधिसम्मको तुलनामा १७.६५ प्रतिशत कम हो । गत आवको मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ४५ हजार ६० वटा पोलिसी सरेण्डर भएका थिए ।  

प्राधिकरणका अनुसार सो अवधिसम्म कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.८० प्रतिशत कम हो । गत आवको ५ महिनासम्ममा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको थियो ।  

CG Motors
Bizshala
Garima Development Bank

यसरी जीवन बीमा कम्पनीहरुले जीवन बीमा क्षेत्रमा मूल समस्याको रुपमा रहेको पोलिसी सरेण्डरदर कम गर्दै लगेका छन् । मासिक रुपमा अर्बौ रकम सरेण्डर मार्फत बाहिरिँदै जाँदा जीवन बीमा व्यवसायमा प्रत्यक्ष असर पारेको देखिन्छ । 

तर यस वर्ष बीमा कम्पनीहरु पोलिसी त्याग गर्नेको संख्या र कम्पनीहरुबाट सरेण्डर मार्फत बाहिरिने रकम कम गर्न लागिपरेका छन् । फलस्वरुप त्यसको परिणाम केही हदसम्म सकारात्मक पनि देखिएको छ ।  

जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर दर कम गर्न नियामक निकाय र स्वयम बीमकहरुको मुख्य भूमिका देखिन्छ । नियामक निकाय र जीवन बीमकहरुले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा साक्षरता कार्यक्रम आयोजना गरी बीमा सचेतना फैलाइरहेका छन् ।

साथै केही हदसम्म प्राधिकरणले अभिकर्ताको लाइसेन्स वितरणमा गरेको कडाईले पनि पोलिसी सरेण्डर दर कम हुँदै गएको बुझ्न सकिन्छ । अभिकर्तालाई समय–समयमा तालिम र लाइसेन्स दिनुभन्दा अघि अनिवार्य परिक्षा सञ्चालनले गर्दा बुझ्ने अभिकर्ताले बीमा बिक्री गर्दा बीमितलाई राम्रो जानकारी गराउँदा सरेण्डर नहुने एक बीमा कम्पनीका सीइओले बताए । साथै अहिले देशको अर्थतन्त्रमा समेत सुधार हुँदै जाँदा यस्तो दर कम हुँदै गएको बीमा बिज्ञहरुको भनाई छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

नविकरण नभएको पोलिसी रकम झण्डै ३७ अर्ब रुपैयाँ  

जीवन बीमा कम्पनीहरुमा देखिने अर्को मुख्य समस्या भनेको पोलिसी नविकरण नहुनु पनि हो । बीमा प्राधिकरणका अनुसार चालु आवको ५ महिनासम्ममा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी नविकरण भएका छैन ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी नविकरण भएको थिएन ।  

साथै प्राधिकरणका अनुसार व्यतित बीमालेखको संख्या पनि सामान्य बढेको छ । गत आवको मंसिर महिनासम्म व्यतित भएको बीमालेख संख्या १२ लाख १४ हजार ५०० रहेकोमा चालु आवको सोही अवधिसम्म ०.४९ प्रतिशत बढेर १२ लाख २० हजार ४१५ पुगेको छ ।  

बीमा कम्पनीहरुले यस्तो दर कम गर्न पटक–पटक व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत अर्थात् भारी छुट दिने योजना ल्याइरहेका छन् । तर यस्ता योजना खासै प्रभावकारी भने हुन सकेको छैन । अझैपनि कतिपय बीमितहरुमा आफुले कुन पोलिसी र कति अवधिको पोलिसी खरिद गरेको हो त्यो कुराको जानकारी छैन ।  

यस्तो दर बढ्दै जानुमा केही हदसम्म अभिकर्ताहरुको पनि दोष देखिन्छ । अभिकर्ताले बीमा गराउँदा पोलिसीको विषयमा राम्रोसँग बुझाउन नसक्नु र समयमै नविकरण गर्दा के कस्ता बेफाइदा हुन्छ भन्ने कुराको जानकारी राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.