काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर अनुपात परिवर्तन हुने भएको छ । बैंकले सेयर अनुपात परिवर्तन गर्न नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट स्वीकृती प्राप्त गरेको छ । सेयर अनुपातलाई ५१ः४९ अर्थात २६ लाख ४६ हजार ९ सय कित्ता संस्थापक सेयर २५ लाख ४३ हजार १०० कित्ता कायम गर्नका लागि बैंकले चैत ७ गते स्वीकृती पाएको हो ।
यससँगै बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले सेयर अनुपात परिवर्तन गर्ने विशेष प्रस्ताव बैंकको आगामी चैत २७ गते हुन गईरहेको १० औं र ११ औं संयुक्त साधारण सभामा थप गर्ने निर्णय गरेको छ ।