मंगलवार, कार्तिक ३,२०८३ 02:14:46
  • मंगलवार, कार्तिक ३,२०८३ 02:14:46
Global IME Bank Limited

बीमा प्राधिकरणको आयोजनामा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनसम्बन्धी अन्तरक्रिया

Bizshala
बीमा प्राधिकरणको आयोजनामा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनसम्बन्धी अन्तरक्रिया
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी जानकारी दिने, यस सम्बन्धी सुझावहरू सङ्कलन गर्ने र यस प्रणालीमा आवद्ध हुन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले जारी गरेको बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था भए बमोजिम एयरमार्क प्रणाली संचालनमा ल्याइएको जानकारी दिए ।

कार्यकारी निर्देशक सुवेदीले भने, ‘एयरमार्क प्रणालीले स्वचालित रूपमा बीमकका सही विवरण मात्र स्वीकार गर्छ, त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्छ र एयरमार्क प्लेटफर्म मार्फत बीमकलाई नै स्वचालित रूपमा फिर्ता पठाउने कार्य गर्छ, जसले गर्दा बैंकबाट हुने मुद्दतीको ब्लक र अनब्लक सम्बन्धी प्रक्रिया पूर्ण रूपमा स्वचालित हुन्छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यकारी निर्देशक सुवेदीले एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन प्रविधिको प्रयोगले बीमकहरूका मुद्दती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित भई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप दक्ष तथा पारदर्शी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आगामी दिनमा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लगिने उल्लेख गर्दै यस प्रणालीमा आवद्ध हुन सबै बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा गैह्रस्थलगत शाखाका प्रमुख राजेन्द्र महर्जनले एयरमार्कको वर्तमान अवस्था, एयरमार्क प्रणालीमा विद्यमान समस्या र सोको समाधानका लागि प्राधिकरणले गरेको सुधारका प्रयासहरू सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।  

यसैगरी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक रविन्द्र श्रेष्ठले एयरमार्क तथा एपीआई इन्टिग्रेशन गर्दा गर्नुपर्ने प्राविधिक पक्ष र सफ्टवेयर एयरमार्क प्रणाली सम्बन्धी प्रस्तुती गरेका थिए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुल राज दहालले संचालन गरेको कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन प्रणालीको कार्यान्वयनबाट बीमा नियमन, अनुगमन तथा निरीक्षण कार्यमा पारदर्शिता एवम् दक्षता अभिवृद्धि भई समग्र बीमा क्षेत्रको विश्वासनीयता थप मजबूत हुने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.