Bizshala
  • बुधबार, पुष २३,२०८२ 04:10:06
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात सीआईटीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७५३.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८४० रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

यस्तै प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता २३९.७२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता २५८.९ रुपैयाँ कायम थियो । बैंकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।

जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार २९८.३३ रुपैयाँ निर्धारण भएको छ । संस्थाले आव २०८१÷८२ सम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ९८२.७३ रुपैयाँ कायम भएको छ । समायोजन अघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ८१ रुपैयाँ कायम थियो ।

यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ४८०.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँ कायम थियो । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ४.४२१ प्रतिशत नगद लाभांश(करसहित) ४ प्रतिशत बोनस सेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.