बुधबार, फाल्गुन ६,२०८२ 03:49:59
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 03:49:59
Bizshala
Global IME Bank Limited

बिजय लघुवित्तको एफपीओ पहिलो दिननै ओभरसब्सक्राइब्ड, १८ गुणा बढी आवेदन

बिजय लघुवित्तको एफपीओ पहिलो दिननै ओभरसब्सक्राइब्ड, १८ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको एफपीओमा पहिलो दिनमै मागभन्दा १८.१३ गुणा बढी आवेदन परेको हो ।

संस्थाको एफपीओमा कुल ७ लाख १९ हजार २०९ जनाले ८४ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा १८ गुणा बढी आवेदन हो ।

संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

एफपीओको निष्कासन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.