काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले पत्रमार्फत जीवन बीमक, निर्जीवन बीमक, लघुबीमक, पुनर्बीमक र बीमा दलाल कम्पनीहरुलाई माघ १ गतेदेखि लागू गर्नेगरी सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा डिजिटल भुक्तानी गर्न निर्देशन दिएको हो ।
यसअघि बीमा कम्पनीहरुले सम्बन्धित व्यक्ति वा संस्थालाई चेकमार्फत दाबी भुक्तानी गर्दै आएका थिए । प्राधिकरणले दाबी भुक्तानी प्रक्रियालाई निष्पक्ष बनाउनका लागि डिजिटल भुक्तानी गर्न निर्देशन दिएको हो ।

