बुधबार, भाद्र ३,२०८३ 07:18:31
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 07:18:31
Bizshala
Global IME Bank Limited

आइक्यानले गर्यो ‘गेन’ परियोजनाको औपचारिक शुभारम्भ

आइक्यानले गर्यो ‘गेन’ परियोजनाको औपचारिक शुभारम्भ
New Office

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ । यो ऐतिहासिक राष्ट्रिय पहलको उद्देश्य नेपाललाई लेखा तथा वित्तीय आउटसोर्सिङ सेवाका लागि विश्वकै प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित गर्नु हो ।

काठमाण्डौको एभरेस्ट होटलमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी परियोजना घोषणा गरिएको हो । उक्त कार्यक्रममा आइक्यानले गेन परियोजनाको आधिकारिक प्रवद्र्धनात्मक भिडियो सार्वजनिक गर्नुका साथै नेपालमा लेखा तथा वित्तीय आउटसोर्सिङका लागि समर्पित वेब पोर्टल पनि शुभारम्भ गरेको छ ।

गेन परियोजना विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको विशेष गरी लेखा, लेखापरीक्षण, कर, तलब भुक्तानी (पेरोल) तथा वित्तीय प्रतिवेदनजस्ता उच्च मूल्यका क्षेत्रमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) प्रतिको एक रणनीतिक उत्तर हो ।

Bizshala
CG Motors

विकसित अर्थतन्त्रहरूमा लेखासम्बन्धी पेसाकर्मीको अभाव बढ्दै गएको र भौतिक दूरीका हिसाबले ढाटाबाट गरिने सेवा प्रवाहको स्वीकार्यता बढिरहेको परिप्रेक्ष्यमा नेपाल यस प्रकारको बढ्दो बजारबाट लाभान्वित हुन विशिष्ट रूपमा सक्षम अवस्थामा छ ।

कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले यो परियोजना संस्थाको कानुनी कर्तव्य र दीर्घकालीन रणनीतिक दृष्टिकोणअनुरुप रहेको बताए ।

‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) एउटा व्यावसायिक पहल मात्र होइन; यो आर्थिक रूपान्तरणको एजेन्डा पनि हो । नेपालसँग पहिले नै योग्य जनशक्ति, प्रतिस्पर्धी लागत र अंग्रेजी भाषामा बलियो दक्षता छ । गेनमार्फत हामीले हाम्रा यी सबल पक्षहरूलाई संस्थागत गर्दै नेपाललाई विश्वसनीय र उच्च गुणस्तरीय लेखासम्बन्धी आउटसोर्सिङ गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

आइक्यानको अनुमान अनुसार योजनाबद्ध सरकारी सहजीकरणको अभावका बाबजुद नेपालका करीब एक हजार लेखासम्बन्धी पेसाकर्मीहरु अन्तर्राष्ट्रिय आउटसोर्सिङ सेवामा संलग्न छन् । यसबाट वार्षिक करिब ४ करोड ५० लाख अमेरिकी डलरबराबरको विदेशी मुद्रा आर्जन भइरहेको अनुमान संस्थाले गरेको छ । गेन परियोजनाले समन्वयमा आधारित नीतिगत पैरवी, सीप विकास, पूर्वाधारको सशक्तीकरण तथा अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत यस प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो पहलकै एक हिस्साको रुपमा आइक्यानले लेखा आउटसोर्सिङसम्बन्धी वेब पोर्टल पनि सार्वजनिक गरेको छ । यसले नेपाली लेखा तथा वित्तीय आउटसोर्सिङ पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोड्ने आधिकारिक प्लेटफर्मको रूपमा काम गर्नेछ । उक्त पोर्टलमा प्रमाणित सेवा प्रदायकहरूको विवरण तथा नेपालको आउटसोर्सिङ इकोसिस्टमसम्बन्धी जानकारी समावेश हुनेछ र जसले विश्व बजारमा पहुँच बढाउने अपेक्षा गरिएको छ ।

गेन परियोजनाअन्तर्गत आइक्यानले देशको ब्रान्डिङ, रणनीतिक बजारीकरण, सीप विकास, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नीतिगत सल्लाह र इकोसिस्टम विकासका पहलहरूको नेतृत्व गर्नेछ । साथै, संस्थाले नियामकीय तथा नीतिगत सुधार, समर्पित बीपीओ÷केपीओ केन्द्रहरूको स्थापना र सुदृढ डिजिटल पूर्वाधारका लागि पैरवी गर्नेछ ।

गेन परियोजनाले आगामी एक दशकमा वार्षिक १ लाख ५० हजारभन्दा बढी व्यक्तिहरूलाई रोजगारी सिर्जना र वार्षिक ६ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न सहयोग पुर्याउने आइक्यानको अपेक्षा छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.